बामपन्थि नेता स्वनाम साथीको निधन

२०७७ पुष ११ गते, शनिबार


काठमाडौँ । माक्र्सवादी चिन्तक तथा बामपन्थि नेता स्वनाम साथी(शशी शेरचन)को शुक्रबार साँझ निधन भएको छ । लामो समय देखि मृगौला रोगको उपचार गरिरहेका स्वनामलाई पछिल्लो दिनमा कोभिड १९ देखापरेको थियो । लामो समय सिकिस्त भई सामान्य अवस्थामा फर्किसकेका स्वनामको पुनः गम्भिर भई आइसियुमा उपचार भैरहेको थियो ।
माक्र्सिय गुरुकुल नेपालका परिकल्पनाकार तथा संस्थापक रहेका स्वनाम तत्कालीन सर्वहारावादी श्रमिक संगठन, एकता केन्द्र, एकता केन्द्र मसाल, माओवादी, एमाओवादी हुँदै पार्टी र राजनीतिको सुद्धिकरणका लागि अगुवा अभियनताका रुपमा स्थापित थिए । ‘समाजवाद किताबमा होइन व्यवहारमा, एकमिनेट भएपनि कम्युनिष्ट बनेर हेर’ भन्दै साम्यवादी सभ्यता सम्प्रेषण गर्ने स्वनामले नागरिकता विधेयकको सम्भावित राष्ट्रघात, लिपुलेक अतिक्रमण विरुद्धको सडक आन्दोलन, एमसीसी विरुद्ध खबरदारी, अर्गानीक उत्पादन अभियान सहित दर्जनौँ आन्दोलनमा अगुवाई गरिरहेका थिए । उनको निधनले नेपालको कम्युनिष्ट आन्दोलनले एक असल गुरु गुमाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]