अखिल क्रान्तिकारी कास्कीको सम्मेलनमा प्रहरी हस्तक्षेप : अध्यक्ष पुरणसहित दर्जनौ बिध्यार्थि गिरफ्तार

काठमाण्डौ । प्रहरी धरकपडका बाबजुद अखिल क्रान्तिकारी कास्कीको २३ औं जिल्ला सम्मेलन भब्य रुपले सम्पन्न भएको छ । “सामाजिक दलाल फासीवादी प्रतिबन्धको प्रतिरोध गरौँ ,२३ औं जिल्ला सम्मेलन सानदार रुपले सफल पारौं !” भन्ने मुल नारा सहित १२८ औं माओ दिवसको अवसरमा आयोजित उक्त सम्मेलन भब्य रुपले सम्पन्न भएको बताइएको छ ।
अखिल क्रान्तिकारी कास्कीद्वारा आयोजित उक्त कार्यक्रममा ब्यापक प्रहरी धरकपड गरी नव निर्वाचित अध्यक्ष पुरण पुन, अखिल क्रान्तीकारी कास्की जिल्ला इन्चार्ज एबम केन्द्रीय सदस्य प्रकाश बास्तोलालगायत दर्जनौ बिद्यार्थीहरु पक्राउ गरेको बताइएको छ ।
सम्मेलन सकिए लगत्तै फर्कने क्रममा हतियार सहित ठुलो मात्रामा प्रहरी उपस्थित भएर अखिल क्रान्तिकारीका कास्की जिल्ला इन्चार्ज प्रकाश बास्तोला र नव निर्वाचित अध्यक्ष पुरण पुन सहित अन्यलाई गिरफ्तार गरेको हो ।
उक्त सम्मेलनमा अखिल क्रान्तिकारीका केन्द्रिय कोषाध्यक्ष नरेन्द्र बिकले “प्रतिबन्धबाट कत्ति पनि बिचलित हुनु पर्दैन । हामिले प्रतिबन्धलाई झेल्न सकियो भने त्यसलाई चिर्न सकियो भने हामिले भोलि सुनौलो बिहानी लिएर उदाईने छ भन्दै उनले बैज्ञानिक समाजवादी शिक्षा प्राप्त गर्न कास्की जिल्लाले महत्वपूर्ण भुमीका निर्वाह गर्नुपर्ने बताएका थिए । कोषाध्यक्ष नरेन्द्र बिकले नेपालको शिक्षा प्रणाली दास बनाउने शिक्षा प्रणाली भएकाले यसको परीवर्तन गर्दै बैज्ञानिक शिक्षा प्रणाली लागुगर्नुपर्ने र यसका लागी अखिल क्रान्तीकारी दृढ रुपमा लाग्नुपर्ने बताए ।
यस्तै मन्तब्यकै क्रममा कास्की जिल्ला सेक्रेटरी बिश्वासले माओ जयन्ती र शैक्षिक क्षेत्रमा बैज्ञानिक प्रणालीको बिस्तार गर्दै बिदेशिको गुलाम हुनु भन्दा स्वाधिनताको सिपाही भएर बलिदान गर्न तयार हुनुपर्ने बताए । बैज्ञानिक शिक्षा नै आजको आबश्यकता रहेको बताउँदै उनले अखिल क्रान्तिकारी अमुल्य गहना रहेको र यहि गहनालाई आजका बिध्यार्थिले ग्रहण गर्दै यसको रक्षा र बिकासमा लाग्नुपर्नेमा जोड दिएका थिए ।
यसैगरी कार्यक्रममा अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सद्स्य मिलन राई र गण्डक ब्युरो इन्चार्ज काजि गुरुङ्गले समेत शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा अखिल क्रान्तिकारी कास्की जिल्ला इन्चार्ज प्रकाश बास्तोलाले घडी कसरी बनाउने भन्ने शिक्षा भन्दा नेपालमा घडी कसरी हेर्ने भन्ने खाले शिक्षा प्रणाली रहेको भन्दै शिक्षामा धेरै कुरामा सुधार गरीनुपर्ने र यसका लागी बैज्ञानिक शिक्षानै आजको आबश्यकता रहेको बताए । यस्तै बास्तोलाले कसैलेपनि शिक्षा बाट बन्चित हुनुरपरोस भन्दै यसमा बिध्यार्थिको साथि अखिल क्रान्तिकारी दृढ रुपमा लाग्ने प्रतिबद्दता जनाए ।
अखिल क्रान्तिकारीका केन्द्रीय कोसाध्यक्ष नरेन्द्र बिकको प्रमुख अतिथ्यतामा संचालन भएको कार्यक्रममा कास्की जिल्ला इन्चार्ज उभार सहित सेक्रेटरी बिश्वास लगायतको उपस्थिति रहेको थियो । सम्मेलनमा अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य मिलन राई, अखिल क्रान्तिकारी गण्डक ब्युरो इन्चार्ज काजि गुरुङ्ग, अखिल क्रान्तिकारी केन्द्रिय सदस्य एबम कास्की जिल्ला इन्चार्ज प्रकाश बास्तोलाको समेत उपस्थिति रहेको थियो ।
यस्तै पुरन पुनको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा स्वागत मन्तव्य कमला परीयारले राखेका थिए । सम्मेलनले पुरन पुनको अध्यक्षतामा १९ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।