२३ राजनीतिक संगठनले पौष १९ गते विरोध कार्यक्रम गर्ने

२०७७ पुष १६ गते, बिहीबार


काठमाण्डौ । राष्ट्रिय स्वाधिनता, जनजीविका र जनतन्त्र सम्वन्धी विषयहरुमा विविध प्रकारका संघर्ष गर्दै आएको २३ राजनीतिक संगठनले पौष १९ गते विरोध कार्यक्रम गर्ने जनाएको छ। २३ राजनीतिक संगठनको कार्यगत एकताका तर्फबाट सी.पी. गजुरेलद्धारा जारी विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ ।
यस बिषयमा २३ राजनीतिक संगठनको कार्यगत एकताका तर्फबाट सी.पी. गजुरेलद्धारा जारी विज्ञप्तिको पूर्ण बिबरण यस प्रकार रहेको छ – “राष्ट्रिय स्वाधिनता, जनजीविका र जनतन्त्र सम्वन्धी विषयहरुमा विविध प्रकारका संघर्ष गर्दै आएको २३ राजनीतिक संगठनहरुको कार्यगत एकताको बैठक यहि २०७७ पौष १५ गते सम्पन्न भयो । बैठकले लिएका केहि महत्वपूर्ण निर्णयबारे यो विज्ञप्ति मार्फत् सार्वजनिक गरिएको छ ।
१. प्रधानमन्त्री के.पी. ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको संसद्को विघटन एउटा प्रतिगामी उन्मुख फासिवादी कदम हो भन्ने निष्कर्षमा यो बैठक पुगेको छ ।
२. उपरोक्त निर्णयलाई मुख्य राजनीतिक नारा बनाई पहिले उठाउँदै आएका राष्ट्रिय स्वाधिनता, जनजीविकाका माग समेत सामेल गराई आगामी पौष १९ गते विरोध कार्यक्रम गर्ने निर्णय गरिएको छ । माइतीघर मण्डलाबाट १२ बजे विरोध जुलुस प्रारम्भ भै नयाँ बानेश्वरमा पुगी विरोध सभामा परिणत हुने छ ।
३. उक्त विरोध कार्यक्रममा सक्रिय सहभागि हुनका लागि आम जनसमुदायलाई आह्वान गरिएको छ ।

कार्यगत एकतामा सम्मिलित २३ राजनीतिक संगठनहरु
१. नेकपा (मसाल) २. नेकपा (क्रान्तिकारी माओवादी) ३. नेकपा (माले) ४. राष्ट्रिय जनमोर्चा, नेपाल ५. देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ६. नेपाल कम्युनिस्ट पार्टी, ७. नेकपा (माओवादी केन्द्र), ८. नेकपा (माओवादी केन्द्र), ९. राष्ट्रिय जागरण मञ्च १०. जनसमाजवादी पार्टी, ११. नेकपा (संयुक्त), १२. राष्ट्रिय जागरण परिषद्, नेपाल १३. वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, १४. नेकपा (बोल्शेविक), १५. राष्ट्रवादी केन्द्र, नेपाल, १६. एम.सी.सी. खारेज अभियान, १७. पुष्पलाल अध्ययन समाज, १८. सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), १९. माक्र्सवादी एकता अभियान, २०. नेकपा (माक्र्सवादी), २१. नेकपा माक्र्सवादी (पुष्पलाल), २२. ने.क.पा. (माओवादी) र २३. समाजवादी राष्ट्रिय मञ्च, नेपाल ।”

प्रतिक्रियाहरु

[anycomment]