टेलिकमको आईपी टिभी सेवा सुरु

२०७७ पुष १७ गते, शुक्रबार

काठमाडौं । नेपाल टेलिकमले शुक्रबारदेखि आफ्नो आईपी टिभी सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले एनटिटिभी ब्राण्डमा फाइबर टु द होम (एफटीटीएच) मार्फत आईपी टिभी सेवा सञ्चालनमा ल्याएको हो । हाल टेलिकमले एफटिटिएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराइरहेकामा अब आइपी टिभी सेवा थप गर्न लागेको हो । अब भने कम्पनीले सोही फाइबरमार्फत आईपी टिभी सेवा थप गरी ग्राहकलाई उपलब्ध गराउन थालेको हो । कम्पनीको एनटी टिभी सेवाका लागि एफटिटिएच नेटवर्कको पहुँच भने अपरिहार्य हुनेछ ।
तत्कालका लागि उक्त सेवा काठमाडौँ उपत्यकाभित्र सुन्धारा, बबरमहल, ठिमी, बलम्बु, भक्तपुर, चाबहिल, छाउनी र गोङ्गबुमा उपलब्ध हुनेछ । यसैगरी पाटन, हात्तीगौंडा, जोरपाटी, कीर्तिपुर, सैंबु, लुभू, नक्साल तथा उपत्यकाबाहिर बनेपामा समेत टेलिकमको एफटिटिएच नेटवर्क पुगिसकेको र प्राविधिक रुपमा एफटिटिएच वितरण गर्न सकिने स्थानहरुमा उपलब्ध हुने जनाइएको छ । उक्त कम्पनिका अनुसार उपत्यका बाहिरको हकमा जुन ठाउँमा कम्पनीको फाइबर पुगेको छ, उक्त स्थानमा यो सेवा उपलब्ध हुनेछ । जसमा काभ्रे, चितवन, धनुषा, मकवानपुर, पर्सा, सिन्धुली, घनकुटा, झापा, मोरङ, सुनसरी, डोटी, कैलाली, कन्चनपुर, धादिङ, बाँके, दाङका केही स्थानमा टेलिकमको फाइबर उपलब्ध रहेको छ ।
यसैगरी प्युठान, सुर्खेत, बागलुङ, कपिलबस्तु, कास्की, नवलपरासी, मुस्ताङ, नवलपरासी, पाल्पा, पर्वत, रुपन्देही र तनहुँमा समेत टेलिकमको एफटीटीएच नेटवर्क पुगिसकेको छ ।
हाल कम्पनिको एफटीटीएच सेवामार्फत भ्वाइस , डेटा वा दुवै सेवा प्रयोग गरीरहेका ग्राहकले एनटिटिभी सेवा प्राप्त गर्न नजिकैको नेपाल टेलिकमको कार्यालयमा सम्र्पक गर्न सक्ने कम्पनिले जनाएको छ । यस एनटिटिभीका लागि ग्राहकले कम्पनीबाट एसटीबी (सेट टप बक्स) खरिद गर्नुपर्नेछ । विभिन्न राष्ट्रिय टिभी च्यानल तथा विदेशी च्यानलहरु उपलब्ध हुने एनटी टिभी सेवा विभिन्न प्याकेजमा वितरण हुने भन्दै आवश्यकता र उपयुक्तताअनुसार छनोट गर्न सकिने टेलिकमले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]