हुम्ला र जुम्लामा भारी हिमपात

काठमाडौं । हिजो दिउँसोदेखि वर्षा भएसँगै हुम्लामा भारी हिमपात भएको छ । चिसो बढेर हिमपात भएको हो । जिल्लाको खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका क्षेत्र हिमपातले सेताम्य भएका छन् । वर्षासँगैको हिमपात भएकाले बाली सप्रिने भन्दै किसानहरु खुशी भएका छन् । चिसो निक्कै बढेपछि मानिसहरु घर बाहिर निस्कन सकेका छैनन् । हिमपातका कारण जेष्ठ नागरीक तथा बालबालीकालाई भने चिसोले समस्या परेको छ । हिमपातका कारण हुम्लाको एक मात्र यातायातको साधन हवाई सेवा पनि बन्द भएको छ ।
यसैबिच , जुम्लामा पनि भारी हिमपात भएको छ । उच्च हिमाली क्षेत्रमा एक फिटसम्म हिउँ परेको छ । हिउँले डाँडाकाँडा सेताम्य भएका छन् । हिमपातले गर्दा हवाई उडान नै रोकिएका छन् । जुम्ला विमानस्थलमा जहाज बस्न नसकेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।