विराटनगरमा वायु प्रदूषण उच्च

२०७७ पुष २३ गते, बिहीबार


काठमाडौं । वायु प्रदूषण बढेपछि विराटनगर महानगरपालिकाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन अपिल गरेको छ । महानगरपालिकाले एक विज्ञाप्ती जारी गर्दै फोहर डढाउने र विकास निर्माणको काम पनि रोक्न अनुरोध गरेको छ । प्रदूषण उच्च तहमा पुगेकाले मर्निङवाक गर्नेलाई पनि घरबाहिर ननिस्कन महानगरपालिकाले अनुरोध गरेको हो । महानगरले प्रदूषण उच्च तहमा पुगेको भन्दै महानगरले मर्निङ वाक नगर्न भनेको छ । सामान्यतया हावाको गुणस्तर एयरक्वालिटी इन्डेक्स ०-६० सम्मको अवस्थालाई राम्रो मानिन्छ । विराटनगरमा हावाको गुणस्तर १६० भन्दा माथि छ।
विराटनगर महानगरपालिकामा सडक विस्तारको क्रममा धेरै रुख काटिएकोले पनि वातावरण सन्तुलन हुन नसकेको हो। गत साउनयता नियमित रुपमा हावाको गुणस्तर मापन गर्न थालिएको छ। प्रदूषणको मापनका लागि महेन्द्र मोरङ क्याम्पसमा उपकरण जडान गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]