चीनद्वारा ‘डब्लुएचओ’का अनुसन्धानकर्ताहरुलाई अनुमति

२०७७ पुष २५ गते, शनिबार


काठमाडौं । विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’का अनुसन्धानकर्ताहरुलाई आफ्नो देशमा अनुसन्धानको अनुमति दिन चीन तयार भएको छ । डब्लुएचओका अनुसन्धानकर्तालाई प्रवेश अनुमति नदिएको चीनले अहिले स्वीकृति प्रदान गरेको हो । चीनको वुहान शहरबाट कोरोना भाइरस उत्पत्ति भएको विश्वास गरिएको छ । त्यस विषयमा डब्लुएचओले अध्ययन गर्न चाहेपनि चीनले विज्ञलाई सो क्षेत्रमा जान दिएको थिएन ।
चीनको स्वीकृतिसँगै केही दिनमै डब्लुएचओका अनुसन्धानकर्ता चीन जाने भएका छन् । चीनको नेशनल हेल्थ कमिसनका निर्देशक चेन इसिनले डब्लुएचओको टोलीलाई आफ्नो देशले स्वागत गर्ने बताएका हुन् । अनुसन्धानका विषयमा डब्लुएचओको कार्यक्रम र कार्य सूची हेरेर उनीहरुसँगै चिनियाँ अनुसन्धान अधिकारीहरु पनि वुहान जाने बताइएको छ ।
गत वर्ष डिसेम्बर अन्त्यमा चीनको वुहान सहरबाट कोरोना संक्रमण शुरु भएको मानिएको छ । तर वास्तविकता अझै प्रस्ट हुन नसकेकाले डब्लुएचओका वैज्ञानिक अनुसन्धानमा जुटेका हुन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]