मुटु रोगी सुनितालाई घरेलुका प्रमुख सुनारद्वारा सहयोग

२०७७ पुष २६ गते, आईतवार


काठमाडौँ । पाल्पा जिल्ला रामपुर नगरपालिका वडा नं. १० चम्फे डाँडा निवासी भोवबहादुर विक र सुमित्रा विक कामीकी माहिली छोरी सुनिता विक यति खेर अस्पतालको वेडमा छटपटाई रहेकी छन् । उनी लामो समय देखि मुटुको रोगी थिईन् । करिव २० वर्ष पहिले देखि मुटुको रोगी भए पनि उनको परिवारको आर्थिक अवस्था निकै नै दयनिय भएकोले समयमै उपचार भने उनले पाउन सकिनन् । ३० सौँ वसन्त पार गरिसेकी उनले यहि मुटुको रोगका कारण न त राम्रोसँग काम गरेर खान सकिन नत उनको विवहा नै हुन सक्यो । उनको आमा सुमित्रा विक र उनका आफन्तहरुले जनतन आर्थिक सहयोग सहयोगी मनहरुबाट जुटाई यतिखेर शहिद गंगालाल हृदय केन्द्र अस्पताल काठमाण्डौमा उपचार गराई रहेका छन् । वेड नं. ३४० मा मुटुको रोगले छटपटाई रहेकी विकको मुटुको भल्भको अप्रेसन गर्न पर्ने भएको छ । जुन निकै खर्चिलो र जोखिमपूर्ण रहेको छ । आर्थिक अवस्था अत्यन्तै कमजोर भएको विपन्न परिवारमा जन्म लिएको कारण उनको मुटुको भल्भको अपरेसन भने नेपाल सरकारले नि:शुल्क गर्ने भएको छ । विकको मुटुको शल्यक्रिया सरकारले नि:शुल्क गर्ने भए पनि उनलाई आवश्यक औषधी किन्ने पैसा भने उनको परिवारसँग छैन । आर्थिक अभावकै कारण उनलाई लामो समय अस्पतालमा राखि उपचार, खानपान र हेरचाहको लागि आवश्यक रकम नहुँदा यतिखेर यो परिवार निकै चिन्तामा परेको छ ।
यो खबर सुन्नासाथ उनको औषधी उपचारमा सहयोग पुगोस् भन्ने हेतुले सोही नगरपालिकामा निवासी हाल घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीमा कार्यालय प्रमुखको रुपमा कार्यारत केशव सुनारले उहाँको परिवारलाई रु १०,०००/- हजार आर्थिक सहयोग गर्नु भएको छ । कार्यालय प्रमुख सुनारले आफूसँग पैसा प्रशस्त भएर भन्दा पनि आफू एक राष्ट्र सेवक भई सेवा प्रवाह गर्ने मात्र नभई समाज सेवा र दिन दुखिलाई सहयोग गर्नु पर्छ भन्ने भावना भएको कर्मचारी भएकोले आर्थिक सहयोग गरेको बताउनु भयो । उहाँले सेवा नै धर्म हो भन्नु भयो । उहाँले मेरो धर्म भनेकै दिन दुखीको सहयोग गरी पुण्य कमाउने रहेको भन्दै आगामी दिनहरुमा पनि आफूले दिन दुखिहरुलाई सहयोग गर्ने बताउनु भयो । वहाँले कोही मनकारी व्यक्ति भए सुनिताकी आमा सुमित्रा वि.क.को सम्पर्क नं.९८०६६९६४५७ मा सम्पर्क गरी आर्थिक सहयोग गरी विरामी सुमित्रा विकको उपचारमा सहयोग गरिदिन पनि सबैमा अनुरोध गर्नु भएको छ । -अनिल नेपाली

प्रतिक्रियाहरु

[anycomment]