लोकदोहोरी प्रतिष्ठानको २०औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमको उदघाटन गर्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले प्रतिष्ठानको भवन बनाउनका लागि जग्गा खरिद र भवन निर्माणका लागि आर्थिक सहयोग गर्दै आइरहेको बताउनुभयो। उहाँले रवीन्द्र अधिकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुँदा रकम उपलब्ध गराएकाले भवन निर्माणको कार्यले पूर्णता पाएको बताउनुभयो।
कार्यक्रममा स्व कलाकार लोकबहादुर क्षेत्रीको सम्झनामा नगद राशिसहित स्मृति पुरस्कार कलाकार रामप्रसाद घिमिरे र सारङ्गी वादक कृष्णबहादुर गन्धर्वलाई प्रदान गरिएको गरिएको छ भने पत्रकारिता पुरस्कार सीताराम बडाल, संरक्षक तथा अभिभावक पुरस्कार पृथ्वी थकालीलाई प्रदान गरिएको छ । उत्कृष्ट पुरस्कार प्राप्त गर्नेमा गायिका देवी घर्तीमगर र मोडल पिएन सापकोटा रहेका छन् । जिल्लाबाट उत्कृष्ट सम्मान रुपन्देहीले पाएको छ । – रासस