टन्सिलको घरेलु औषधि

२०७७ माघ १२ गते, सोमबार

काठमाडौँ । टन्सिलाईटिस पनि एक प्रकारको संक्रमण हो । जुन हाम्रो घाँटीमा हुने गर्दछ । प्रायः गरी टन्सिलाईटिस विभिन्न किसिमका किटाणु तथा जीवाणुहरुको संक्रमणले हुने गर्दछ । टन्सिलाईटिस भएपछि घाँटी सुन्निने र दुख्ने गर्छ । यसले गर्दा खान पिउन गाह्रो हुन्छ र बोल्न पनि सहज हुँदैन । यसको जटिल पक्ष भनेको धेरै पटकसम्म टन्सिलाईटिस भयो भने मुटुको भल्व नै बिग्रने सम्भावना बढेर जाने भएकोले समयमै उपचार गर्न र सावधानी अपाउन डाक्टरको सुझाव रहेको छ । टन्सिलले हाम्रो शरीरको रोग प्रतिरोधात्मक प्रणालीमा महत्वपूर्ण भूमिका निभाउने गर्दछ । टन्सिलबाट लिम्फोसाइट र मोनोसाइट नामक दुई कोषको निर्माण हुन्छ जुन हाम्रो रोग प्रतिरोधात्मक क्षमताको महत्वपूर्ण अंश हो । यसका साथै टन्सिलले म्याक्रोकाज नामको कोष पनि निर्माण गर्दछ । यो कोषले शरीरभित्र प्रवेश गरेका जीवाणुलार्ई नष्ट गरेर हामीलार्ई रोग लाग्नबाट बचाउँछ । कान दुख्ने, टाउको दुख्ने, सम्पूर्ण शरीर गलेको र दुखेको अनुभव हुनु, कब्जियत र पेट दुख्ने समस्या पनि तीव्र टन्सिलाईटिसमा देखा पर्न सक्छन् ।

मुखभित्र हेर्दा टन्सिलहरु सुन्निएका र रातो हुन्छ । कहिलेकाहीँ यी दुई टन्सिल बढेर झण्डै एक अर्कासँग जोडिन पुग्छ । जिर्ण तथा गम्भीर टन्सिललाईटिसमा समय समयमा घाँटी दुखिरहने, घाँटीमा केही अड्केको जस्तो अनुभव भइरहने, मुख मीठो नहुँने र स्वास गन्हाउने जस्ता लक्षण देखिन सक्छन् ।

टन्सिलका लक्षणहरु

–              सुरुमा बिरामीलाई घाँटीमा अप्ठ्यारो हुने ।

–              बिस्तारै ज्वरो आउने ।

–              थुक निल्न नमिल्ने ।

–              खान पिउन अप्ठ्यारो हुने ।

–              टन्सिलहरु सुन्निएको र रातो–रातो देखिने ।

–              पिप बग्ने वा लिम्फमा तन्तुहरु सुन्निने र कडा हुने ।

–              टन्सिल भएपछि बच्चाहरुमा कान पाक्न सक्ने ।

–              घाँटीबाट संक्रमण कानको नलीमा सर्न सक्छ

–              टन्सिलाइटिसलार्ई राम्रोसँग उपचार नगरेमा दीर्घ प्रकृतिको रोगमा समेत परिवर्तन हुन सक्छ ।

–              बारम्बार घाँटीको संक्रमण भैराखेमा लिम्फोइड तन्तुमा सुक्ष्म पीपहरु बग्न थाल्छ ।

नाक र साइनसको बराबर संक्रमण भएमा टन्सिलमा असर पर्छ, नाकको सिँगान वा अन्य रस अगाडि निस्कनको सट्टा पछाडिपट्टि बगेमा पनि यो हुनसक्छ

टन्सिलको उपचार कसरी गर्ने ? यस्ता छन तरिका–

–              बिरामीले आराम गर्नुपर्छ र प्रशस्त झोल कुराहरु खानु पर्छ ।

–              चिसो पानी पिउनु हुँदैन ।

–              भिटामिन बि युक्त खानेकुरा खानुपर्छ ।

–              चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्नुपर्छ ।

–              टन्सिलको अवस्था हेरी एन्टिवायोटिक समेत खानुपर्ने हुन्छ ।

रोकथामको लागि घरेलु उपचार विधि

–              दैनिक रुपमा मनतातो पानीमा थोरै नुन मिसाएर मुख कुल्ला गर्ने ।

–              तातो पानीको बाफ लिने ।

–              मह मिसाएको मनतातो पानी तथा अन्य झोलीलो पदार्थ पर्याप्त सेवन गर्ने ।

–              घाँटीलार्ई असर पार्ने तत्वहरू जस्तै– धुवाँ, रसायन वा धुलो आदिबाट जोगिने ।

–              घरबाहिर निस्कँदा न्यानो कपडाले घाँटीलार्ई ढाक्ने र नियमित माक्सको प्रयोग गर्ने जसले धुलो, धुवाँको एलर्जीबाट जोगाउने गर्दछ ।

–              चिसो र फ्रिजमा राखेका खानेकुराका साथै चिल्लोयुक्त खाने कुराहरु कम खाने गर्नु गर्दछ ।

प्रतिक्रियाहरु

[anycomment]