सारंगी संरक्षणका अभियन्ता धनबहादुर गायकको निधन

काठमाडौं । सारंगी संरक्षणका अभियन्ता, चर्चित गायक एवं शब्द संकलक धनबहादुर गायकको आज विहान निधन भएको छ । ५९ वर्षीय गायक छाती र फोक्सोमा समस्या देखिएपछि मनिपाल मेडिकल कलेज शिक्षण अस्पताल भर्ना भएका थिए । पोखरा १६ निवासी कलाकार गायक स्वास्थ्यमा समस्या आएपछि शनिबार अस्पताल भर्ना भएका थिए । उनको आइसियुमा उपचार भइरहेको थियो ।
उनका यो दाजुको मिर्मिरे आँखा, बेली र चमेली, फूल माया नभुल लगायतका गीतहरु चर्चित छन् । उनी पछिल्लो समय युवापुस्तालाई सारंगी सिकाउने अभियानमा जुटेका थिए । उनले चलाएको सारंगी पाठशालाले बालबालिकालाई निशुल्क रुपमा सारंगी र मादल लगायत वाद्यवादन सामग्री बजाउन सिकाउदै आएको छ ।