भारत र चीनका सैनिकबीच झडप !

२०७७ माघ १२ गते, सोमबार

काठमाडौं । भारत र चीनका सैनिकबीच सिक्किममा झडप भएको छ । झडपमा भारतीय र चिनियाँ दुवैतर्फका सेना घाइते भएका छन् । तीन दिन पहिला सिक्किमको ना कुलामा चीनले एलएसी बदल्ने कोशिस गर्दै भारतीय क्षेत्रमा प्रवेश गर्न खोजेपछि स्थिति तनावपूर्ण भएको थियो । यस दौरानमा भारतीय सैनिकहरुले चिनियाँ सैनिकलाई रोकेका थिए । यस क्रममा चीन र भारतका सैनिकबीच भएको झडपमा चार भारतीय र २० चिनियाँ सैनिकहरु घाइते भएका छन् ।
भारतीय सञ्चारमाध्यमकाअनुसार अहिले स्थिति तनावपूर्ण रहेपनि स्थिर छ । भारतीय वरिष्ठ सैनिक अधिकारीका अनुसार सीमामा मौसम खराब भएपनि सुरक्षा व्यवस्था कडा पारिएको छ । यस विषयलाई लिएर लद्दाखको मोल्डोमा आइतबार भारतीय र चिनियाँ सैनिक अधिकारीबीच राति अबेरसम्म वार्ता भएको थियो । १५ घण्टासम्म चलेको वार्ताका निर्णयहरु अहिल्यै नै सार्वजनिक गरिएको छैन् । तर भारतले सीमामा शान्ति कायम राख्न अपिल गरेको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]