कोरोना भाईरसविरुद्धको खोप अभियान सुरु

काठमाडौं । नेपालमा आजदेखि कोरोना भाइरस (कोभिड-१९) विरुद्धको पहिलो चरणको खोप अभियान सुरु भएको छ ।आजदेखि सुरु भएको पहिलो खोप अभियानमा पहिलो चरणमा कोरोना भाइरसको उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयमसेविका, सरससफाई कर्मचारी, एम्बुलेन्ससचालक लगायतलाई खोप उपलब्ध गराइनेछ । उक्त खोप अभियानमा शहीद गंगालाल अस्पताल बाँसबारी, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, पाटन अस्पताल, वीर अस्पताल, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल कीर्तिपुर, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, भक्तपुर अस्पताल, शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र भक्तपुर, काठमाडौं मेडिकल कलेज जोरपाटी र सशस्त्र प्रहरी अस्पताल बलम्बुका स्वास्थ्यकर्मी सहसभागी भएर खोप लगाउनेछन् । त्यस्तै यसअघि तोकिएका जिल्लास्थित अस्पतालका खोप केन्द्रहरुबाट उक्त खोप वितरण गरिने बताइएको छ ।