मार्क्सबादी एकता अभियानको संयोजकमा प्रा. अधिकारी

२०७७ माघ १५ गते, बिहीबार


काठमाडौँ । मार्क्सबादी एकता अभियानको संयोजक प्राद्यापक रमेश अधिकारी चयन भएका छन । आज बसेको मार्क्सबादी एकता अभियानको सचिवालय बैठकले अभियानको संयोजकको जिम्मेवारीमा प्राद्यापक रमेश अधिकारीलाई सर्बसम्मतिबाट चयन गरेको हो । अभियानका निबर्तमान संयोजक डा. शम्भु कट्टेल क्यानाडा बसोबास गर्दै आएकाले उनलाई विदेश विभागको जिम्मेवारी तोकिएको बुझिएको छ। अभियानको आजको बैठकले सरकारबाट नागरिक आन्दोलनमाथि भैरहेको नांगो दमनको बिरोध समेत गरेको सचिव राजेन्द्र देशभक्तले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]