तराईमा शीतलहर : जनजीवन कष्टकर

काठमाडौं । तराईका जिल्लाहरुमा केही दिनदेखि दिउँसोपख घाम लाग्न छाडेर मौसम धुम्मिनुका साथै बिहान–बेलुका र रातको समयमा चिसो हावा तथा बाक्लो हुस्सु लाग्दा जनजीवन प्रभावित बनेको छ । चिसो बढ्दै गएपछि जिल्लाका केही विद्यालयहरु बन्द गरिएको छ । चिसो हावा र बाक्लो हुस्सु लागेपछि स्थानीयहरुले दिनभर आगो तापेर बिताउन थालेका छन् । चिसोले न्यानो कपडा नभएका अति विपन्न र दैनिक मजदुरी गरेर खाने दलित परिवार झनै प्रभावित बनेका छन् । बच्चा वृद्धवृद्धालाई पनि सचेत रहन चिकित्सकहरु आग्रह गरेका छन् ।