‘गिरफ्तार भएका सबैलाई विनासर्त रिहाइ गर’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) राप्ती ब्युरोले रुकुम पश्चिमका जिल्ला अध्यक्ष प्रेम बाेहरासहित गिरफ्तार गरिएका सबैलाई विनासर्त ससम्मान यथाशीघ्र रिहा गर्न माग गरेको छ । ब्युरो संयाेजक दिपक विष्टले एक प्रेस विज्ञप्ति जारी गरि संगठनका रुकुम पश्चिमका जिल्ला अध्यक्ष प्रेम बोहरा र कोषाध्यक्ष धन बहादुर ओली लगायत सर्वसाधारणहरु सागर बुढा, अविषेक बुढा र किरण रसाइलीलाई आफ्नै कोठामा अध्ययन गरिरहेको अवस्थामा प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेको भन्दै घोर भत्र्सना समेत गरेका छन । उनले गिरफ्तार सबैलाई तत्काल रिहा नगरे संगठन कडा भन्दा कडा संघर्षमा जाने चेतावनी समेत दिएका छन ।
ब्युरो संयाेजक दिपक विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ -`यो घटनामा सिआडी सुराकी गर्नेको पहिचानको नजिक संगठनको अनुसन्धान पुगेको हुदा यो पुष्टि भएमा कसैलाई पनि संगठनले नछोड्ने कुरा समेत अवगत गराउदछौँ, साथै यस्ता घृणित कार्यमा सहभागी हुन आउने जो कोहीका विरुद्ध प्रतिवादमा अघि सर्न सम्पुर्ण विद्यार्थीहरुलाई संगठन आग्रह गर्दछ ।´
