डडेधुरामा बस दुर्घटना, १० जनाको घटना स्थलमै मृत्यु

२०७० मंसिर १६ गते, आईतवार


डडेलधुरा, १६ मंसिर । डडेधुराको मेल खर्कमा बस दुर्घटना हुँदा १० जना मृत्यु भएको छ । बाजुराबाट कैलालीको धनगढीतर्फ जाँदै गरेको बस डडेल्धुराको मेलखर्क भन्ने ठाउँमा दुर्घटना हुँदा १० जनाको घटना स्थलमै मृत्यु भएको हो ।मालिका यातायातको ना ५ ख ७८९ नम्बरको सो बस दुर्घटनामा ३० जना घाइते भएका छन् । जसमध्ये ७ जनाको अवस्था गम्भीर रहेको र बाँकी २३ जनाको अवस्था सामान्य रहेको छ । मृतकको सनाखत हुन सकेको छैन । घाइतेहरुलाई उपचारको लागि धनगढी र डडेलधुरा पठाइएको छ ।रातिको समयमा गाडी चलाउँदै गर्दा ड्राइभर निदाएकोले गाडी दुर्घटनामा परेको हुन सक्ने प्रहरीले बताएको छ । प्रहरी इन्पेक्टर केशव बोहराका अनुसार गाडीमा स्याउले ट्राफिक पोष्टमा चेकजाँच गर्दा ३६ जनाको इन्ट्री भएपनि गाडीमा ४० जना यात्रुहरु रहेका थिए ।गाडी सडक भन्दा २५० मिटर तल क्षति ग्रस्त अवस्थामा रहेको छ । गाडी चालक भने फरार रहेका छन् । पछिल्लो समय सुदुरपश्चिममा ठूला दुर्घटना नभएको भए पनि आज बिहान साढे ४ बजे तिर अचानक भएको दुर्घटनाले सुदुरपश्चिम नै शोकमय भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु