अमेजनको सीइओ जेफ बेजोसद्वारा राजीनामा !

काठमाडौं । अमेजन कम्पनीका संस्थापक जेफ बेजोसले यस वर्षको अन्तिममा प्रमुख कार्यकारी पद ‘सीइओ’ बाट राजीनामा दिने घोषणा गरेका छन् । बेजोस आगामी जुलाई एकदेखि कम्पनीको कार्यकारी अध्यक्षको भूमिकामा मात्रै रहने भएका हुन् । बेजोस स्थापनाकालदेखि नै अमेजनको सिइओ थिए । सन् १९९५ मा बेजोसले खोलेको अमेजनको बजार मूल्य १७ अर्ब डलर पुगेको छ । बेजोसले कोरोना भाइरसको महामारीबीच ७२ अर्ब डलर सम्पत्ति जोडेका छन । उनी २०२० मा संसारका सबैभन्दा धनी व्यक्ति थिए । केही समय अघि बेजोसको सम्पत्ति २ सय अर्ब डलरभन्दा माथि थियो । अहिले उनीसँग १ सय ८७ अर्ब डलर छ । उनले सामाजिक काममा पनि खर्च गर्दै आएका छन् । अमेजनको नयाँ ‘सीईओ’ एन्डी ज्यासी हुने बताइएको छ । बेजोसले राजीनमा दिने घोषणा गरेपनि अमेजनको सेयरमा केही असर परेको छैन । -एजेन्सी