भारतमा कोरोनावाट १ लाख ५४ हजारको मृत्यु

२०७७ माघ २१ गते, बुधबार


काठमाडौं । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ११० जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५४ हजार ५९६ जना पुगेको छ । कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या मङ्गलबारसम्म एक करोड सात लाख ७७ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा ११ हजार ३९ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड सात लाख ७७ हजार २८४ पुगेको मन्त्रालयले बुधबार जनाएको छ ।
मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड चार लाख ६२ हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ६० हजार ५७ जना सक्रिय सङ्क्रमित रहेका छन् । भारतमा गत जनवरी १६ देखि कोभिड –१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि हालसम्मल ४१ लाख भन्दा बढी व्यक्तिले खोप लगाइसेकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायः स्वास्थ्यकर्मीहरु रहेका जनाइएको छ । भारतको राष्ट्रिय राजधानी दिल्लीमा आइतबार ११४ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र २ जनाको मृत्यु भएको छ । भारतमा कोभिड–१९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ८५८ को मृत्यु भइसकेको छ ।यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभर १९ करोड ८४ लाख ७३ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । मङ्गलबार एकै दिनमा मात्र सात लाख २१ हजार भन्दा बढी व्यक्तिलाई कोभिड–१९ परीक्षण गरेको जनाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]