‘नेपाली अनलाइन रमाइलो जोक्स कम्पिटिशन २०२१’ हुदै

२०७७ माघ २२ गते, बिहीबार


काठमाडौं । विश्वभर छरिएर रहेका प्रतिभावान कलाकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘नेपाली अनलाइन रमाइलो जोक्स कम्पिटिशन २०२१’ को आयोजना गरिएको छ । नेपाली साहित्य, संगीत र कलामा क्रियासिल संगीतकर्मीहरुले आयोजना गरेका हुन्। कार्यक्रममा सहभागी हुन् प्रतियोगीहरुले रमाइलो जोक्स कम्पिटिशन नामक वेवसाइटमा गएर निःशुल्क फारम भर्न सक्छन् । अथवा रिदम स्क्रिनको आधिकारिक फेसबुक पेज वा ईन्स्टग्राम मार्फत पनि सहभागिता जनाउन सकिने आयोजकले जनाएको छ । कार्यक्रममा पहिलो हुने विजेताले तीन हजार डलर, दोस्रो हुनेले दुई हजार डलर र तेस्रो हुनेले एक हजार डलर नगदसहित ट्रफी र प्रमाणपत्र पाउने छन्। जसको निर्णायक चर्चित हाँस्य कलाकार बुद्धि तामाङ, हाँस्य कलाकार दिलिप गुरुङ र भानु तिवारी रहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार