नागरिक समाजद्वारा मार्चपास

२०७७ माघ २३ गते, शुक्रबार


काठमाडौं । नागरिक समाजले राष्ट्रपति विद्यादेवी भण्डारीले अवैधानिकरुपमा संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा मार्चपास गरेका छन । लैनचौरस्थित पद्मरत्न तुलाधर निवास परिसरबाट शितल निवाससम्म नागरिक अगुवाले मार्चपास गरेका हुन् । मार्चपासमा सहभागीहरुले ‘सत्ता कब्जा मुर्दावाद, राष्ट्रपति ज्यू संविधान कहाँ छ ?, सर्वसत्तावाद मुर्दावाद’ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए । उनीहरुले असंवैधानिक नियुक्तीहरु खारेज गर्न पनि माग गरेका छन् । संवैधानिक निकायमा असंवैधानिक नियुक्ति भएको भन्दै मार्च पास गरिएको बृहत नागरिक आन्दोलनका अगुवाहरुले बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु