आज बालाचतुर्दशी ,सतविज छरी मनाईंदै

२०७० मंसिर १७ गते, सोमबार


काठमाडौ, १७ मंसिर – आज परिवारका मृतक व्यक्तिका नाममा बत्ती बाली र सतविज छरी बालाचतुर्दशी पर्व मनाईंदैछ ।आमा बाबु दिवंगत भएका छोराछोरीले काठमाडौंको पशुपति क्षेत्रको कैलाश र श्लेषमान्तक वनमा गई मृतक बाबुआमाका नाममा धान गहुँ जौ, मास मुगी, कागुनु सामा आदि अन्न मिलाइएको सप्तधान्ययुक्त सतबिज छर्ने चलन छ ।काठमाडौ बाहिरका शिव मन्दिरहरुमा पनि सोमबार सतविज छरिन्छ । काठमाडौ लगायतका देशका शिवालयहरुमा रातिदेखि नै दर्शनार्थीहरुको घुईंचो लागेको छ । काठमाडौको पशुपतिनाथमा सोमबार विहान मेला लागेको छ । दर्शनार्थीको चहलपहल दिउँसोसम्मै रहने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
आइतबार राति बत्ती बाल्ने र सोमबार विहानदेखि सतविज छर्ने गरिन्छ । पाल र दाउराको व्यवस्था गरिएकाले दर्शनार्थीलाई सहज भएको कोषले जनाएको छ । कोषले नागमणि र मुकुटको दर्शन गर्ने व्यवस्था पनि मिलाएको छ । मंगलबार विहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म पशुपतिनाथमा पहिरिने सुनचाँदीका कबज लगायतका गरगहना, नागमणि, एकमुखे रुद्राक्ष सहितको मुकुट दर्शन गर्न सकिने कोषले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु