संसदीय व्यवस्थाबिरुद्ध रणनैतिक मोर्चा : भोलि भावी योजना, कार्यक्रम र अवधारणा सार्वजनिक हुने

२०७७ माघ २८ गते, बुधबार

काठमाडौँ । संसदीय व्यवस्थावाट देश र जनताको मुक्ति सम्भंब छैन भन्दै सम्पूर्ण निकायका निर्वाचन बहिष्कार गर्दै आएको नेपाल कम्युनिस्ट पार्टीको पहलमा संसदीय व्यवस्थाबिरुद्ध रणनैतिक मोर्चा निर्माण भएको छ । जसको घोषणा भोलि माघ २९ गते काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनवाट हुने बताइएको छ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र प्रकाण्ड लगायतका नेताले संसदीय व्यवस्थावाट देश र जनताको मुक्ति सम्भंब छैन भन्दै संघर्षको शंखघोष गरेका थिए, जुन कुरा हालै झन्डै दुई तिहाई बहुमत प्राप्त केपी ओली नेत्रित्वको सरकारले राष्ट्र र जनहितको काम गर्न नसकेर संसद बिघटन गरेर पुष्टि गरि दिएको छ।


नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र प्रकाण्डले देश र जनताको लागि आफ्नो व्यक्तिगत स्वार्थलाई तिलान्जली दिएर उदघोष गरेको संघर्ष यतिबेला बस्तुबादी र बैज्ञानिक बन्न पुगेको छ । वर्तमान संकटवाट देश र जनतालाई पार लगाउन अब एकीकृत जनक्रान्तिमार्फत बैज्ञानिक समाजवाद स्थापना निर्विकल्प बन्न पुगेको छ । जसको फलस्वरूप नेपालमा पहिलो पटक क्रान्तिकारी पार्टीहरकाबीचमा क्रान्तिकारी संयुक्त रणनैतिक मोर्चा बनेको छ । सरकारले प्रतिबन्ध लगाएको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य किरणले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषि कट्टेलले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल आहुतिले नेतृत्व गरेको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका बीचमा समाजवाद/जनगणतन्त्र स्थापना गर्ने उद्देश्यका साथ रणनैतिक संयुक्त मोर्चा निर्माण भएको हो । उक्त मोर्चाले भोलि माघ २९ गते न प्रज्ञा भवन कमलादीमा कार्यक्रम गरेर आफ्ना भावी योजना, कार्यक्रम र अवधारणालाई सार्वजनिक गर्दैछ । मोर्चाले वर्तमान सरकार र राज्यव्यवस्थाका विरुद्ध श्रृंखलाबद्ध आन्दोलनको घोषणा समेत गर्ने बुझिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]