खस्कदै नेवानि, आन्तरिक बजारमा पाँचौं स्थानमा

२०७० मंसिर १७ गते, सोमबार


काठमाडौं,१७ मंसिर – आन्तरिक हवाई उड्डयन बजारमा नेपाल वायुसेवा निगम खस्कदै गएको छ ।चालु आबको अहिले सम्मको तथ्याङ्क हेर्दा ने बा नि पाँचौं स्थानमा झरेको छ । यस वर्षको ८ महिने (सन् २०१३ जनवरी देखि अगष्ट) आवागमन तथ्यांकले १६ हजार ७ सय ६६ यात्रु बोकेको निगमलाई पाँचौं स्थानमा देखाएको हो ।धेरै यात्रु बोक्नेमा यसपटक पनि बुद्ध एयर नै अगाडि छ । विमानस्थलको तथ्यांकअनुसार यसपालि यात्रा गर्नेमध्ये बुद्ध एयरले ५ लाख ७८ हजार ९ सय १८ यात्रु पाएको छ । बुद्ध पाँच वर्षयता ठूला र बढी जहाज सञ्चालनका कारण हवाई व्यवसायमा सबैभन्दा अगाडिछ । त्यसमा पनि अग्नि र गुण एयरलाइन्स बन्द भएपछि त्यसको फाइदा बुद्धसँगै यती एयरले पनि पाएको छ । यतिले आठ महिनामा २ लाख ८२ हजार ६ सय १६ यात्रुलाई सेवा दिएको तथ्यांकमा छ । त्यहीँ तारा एयरले पाएको यात्रु संख्या ४४ हजारभन्दा बढी छ । गुण एयरलाइन्सलाई किनेर आफ्नो नाम दिएको सिमि्रक एयरलाइन्सले ‘डबल इन्जिन’ सेवा सञ्चालन गरेको छ । आठ महिनामा यसअघि हेलिकप्टर सेवा मात्र चलाइरहेको सिमि्रक एयरलाइन्सको यात्रु हिस्सा ३ दशमलव ७ प्रतिशत छ । उसले यो अवधिमा ३६ हजार ४ सय ६६ यात्रुलाई गन्तव्यसम्म पुर्‍याएको छ ।
यस अवधिमा ९ लाख ७५ हजार ६ सय ८६ यात्रुले देशभित्र हवाई यात्रा गरेको विमानस्थलको तथ्यांक छ । जुन गत वर्षको भन्दा ५ प्रतिशत कम हो । अघिल्लो वर्षको आठ महिनामा झन्डै १० लाख २६ हजार ७ सय यात्रु विमान कम्पनीले पाएका थिए । यसपटक वषर्ाको समयमा उडान संख्या नै कम भएका थिए ।
बढी पानी र हुस्सुका कारण भिजिबिलिटी अभावमा उडान नै रद्द गर्नुपर्ने कारणले पनि उडान संख्या र यात्रु आवागमन प्रभावित बनेको विमानस्थल टीडीओको भनाइ छ । मौसम विज्ञान विभागका अनुसार यसपालि सबैभन्दा बढी पानी परेको थियो ।
मौसमविद््हरूका अनुसार नियमित रुट नाघेर यसपालि अरेबियन सागरबाट नेपालमा मनसुनको प्रवाह भएको थियो । बंगालको खाडीबाट पूर्वी नेपाल हुँदै पश्चिम नेपाल लाग्नुपर्ने मनसुन यसपालि भारतको राजस्थान, महाराष्ट्र गुजरात हुँदै सुदूर पश्चिमबाट नेपाल पसेकाले पानीको प्रवाह केही वर्षयताकै बढी भएको थियो । जुन महिनाभर हुनुपर्ने वर्षा त्यतिबेला दुई दिनमै भएको थियो । यी सबै कारणले यात्रु आवागमन तथा उडान संख्या घटेको हो । सन् २०१२ मा यही अवधिमा ४४ हजार ९ सय ३४ हवाई आवागमन (अवतरण/उडान) भएकामा यसपालि संख्या घटेर ४१ हजार ९ सय ६३ मा कायम रह्यो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विचित्र गुफा आकर्षणको केन्द्र

२०८२ बैशाख ८ गते, सोमबार

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार