सेयर बजारको नीति परिवर्नतन हुदै

२०७७ माघ ३० गते, शुक्रबार


काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीतिको आगामी हप्ता अर्धवार्षिक समीक्षा गर्ने भएको छ । केन्द्रीय बैंकले हरेक वर्ष ल्याउने मौद्रिक नीतिको आवश्यकता अनुसार त्रैमासिक रुपमा समीक्षा गर्दै आएको छ । कोरोना महामारीकैबीच आएको चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा फागुन पहिलो साता गर्ने तयारी भइरहेको राष्ट्र बैंकले जनाएको छ । पहिलो त्रैमासमा गरिएको समीक्षामा राष्ट्र बैंकले कुनै नयाँ नीतिहरू ल्याएको छैन । त्रैमासिक समीक्षामा पुरानै नीतिहरूलाई निरन्तरता दिए पनि अर्धवार्षिक समीक्षामा केही नयाँ आउने सम्भावना रहेको बताइएको छ ।
सेयर बजारका लागि असर गर्न सक्ने केही नीतिहरू भने परिर्वतन गर्ने तयारी भएको राष्ट्र बैंकका अधिकारीहरूले दाबी गरेका छन् । सेयर बजारका विषयमा परिवर्तन गर्नुपर्ने नीतिका बारेमा राष्ट्र बैंक छलफल थालेको जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

२ सय मेगावाट विद्युत् उत्पादन बन्द !

२०८२ असार २४ गते, मंगलवार

नेप्से २२.३५ अंकले घट्यो

२०८२ असार २३ गते, सोमबार

४ कम्पनी कालोसूचीमा

२०८२ असार २३ गते, सोमबार