एकीकृत जनक्रान्ति पूरा गरेरै छाड्ने उदघोष !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्ति पूरा गरेरै छाड्ने उदघोष गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले उत्पीडित जनताको वस्तीमा , १० बर्षे जनयुद्धमा धेरै ठुलो लगानी गरेका जनताको सहभागिता र उपस्थिमा मनाइएको २६ औँ जनयुद्ध दिवस समारोहमा सो कुरा बताएका हुन् । जिल्ला पार्टीद्वारा आयोजित उक्त कार्यक्रममा शुभकामना व्यक्त गर्दै प्रवक्ता प्रकाण्डले २६ औँ जनयुद्ध दिवस एकीकृत जनक्रान्ति पूरा गर्न प्रेरणा र प्रतिबद्धता दिवस भएकोसमेत बताएका छन । उनले फागुन १ नेपालमा सबै शोषित, पीडित जनताले आफ्नो मुक्तिको निम्ति, आफ्नो राज्यसत्ताको निम्ति, आफ्नो शासन व्यवस्थाको निम्ति र समृद्ध नेपालको निर्माणको निम्ति राज्यसत्ताका विरुद्धमा धावा बोलेको दिन भएको औल्याउदै नेपालको राष्ट्रिय मुक्तिको सन्दर्भमा फागुन १ गते ऐतिहासिक दिन भएको बताएका छन । प्रवक्ता प्रकाण्डले जनयुद्धमा भएको विश्वासघात र आत्मसमर्पण विरुद्ध जनयुद्धका नेताकार्यकर्ता, सम्पूर्ण श्रमिक र उत्पीडित जनसमुदायलाई फेरि संगठित गर्दै एकीकृत जनक्रान्ति अघि बढेको उल्लेख गर्दै वर्तमान संसदीय व्यवस्था असफल सावित भइसकेकोले बैज्ञानिक समाजवाद स्थापित भइ छाड्ने बताएका छन ।