अखिल क्रान्तिकारीद्वारा भागरथीलगायत दशैभरी भएका बलात्कार र हत्याबिरुद्ध संघर्षको घोषणा

काठमाडौँ । अखिल क्रान्तिकारीले भागरथी भट्टलगायत दशैभरी भएका बलात्कार, हत्या र महिला तथा वालवालीकाहरु माथिका हिंसाका घटनाहरुको गम्भीर छानबिन गरी घटनाका दोषीहरुलाई कडाभन्दा कडा कारवाही गर्न जोडदार माग गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवी ढकालले एक बिज्ञप्ति जारी गर्दै सो माग गर्दै संघर्षका कार्यक्रमहरु समेत घोषणा गरेका छन ।
