माओबादी केन्द्रिय समितिको बैठक मङ्सिर २३ देखि
                काठमाडौ, १८   मंसिर ।नेकपा – माओबादीको पोलिटब्युरो बैठकले  आगामी मङ्सिर २३ गते केन्द्रिय समितिको बैठक बोलाउने  निर्णय  गरेको  छ  ।पोलिटब्युरो बैठक निर्बाचन बहिस्कार आन्दोलनको समिक्षा र भाबी कार्ययोजना ठोस गर्दै हिजो  सम्पन्न भएको हो  । बैठकले बहिस्कार आन्दोलनमा केही कमी कमजोरी भएको स्वीकार्दै भव्यरुपमा सफल भएको निस्कर्ष निकालेकोबताइएको छ ।पोलिटब्युरो बैठकले  आगामी मङ्सिर २३ गतेको लागि डाकिएको केन्द्रिय समितिको बैठकको एजेन्डा तय गरेको छ  ।  केन्द्रिय समितिको बैठकमा समेत आन्दोलनको समिक्षा र भाबी आन्दोलनको कार्यक्रम र रुप रेखाका बारेमा छलफल हुने र पार्टीले लिने आगामी कार्ययोजना र आन्दोलनको खाका केन्द्रिय समितिले नै तय गर्ने माओबादी को योजना रहेको बुझिएको छ  ।
