सर्वोच्च अदालतद्वारा संसद विघटन बदर

२०७७ फाल्गुन ११ गते, मंगलवार

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो । सर्वोच्च अदालतको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन समेत भनिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् । त्यसविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]