नेकपाले सहिद सप्ताह भब्यरुपमा मनाउने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले सहिद सप्ताह (फागुन १४—२१ गते)मा सहिदहरुको स्मरण र सम्मानमा विविध कार्यक्रम गर्ने बताएको छ । नेकपाले सहिद सप्ताहको अवसरमादेशका सबै जिल्ला र क्षेत्रहरुमा सहिद बेपत्ता परिवार अभिनन्दन, सहिद बेपत्ता परिवार भेटघाट, सहिद पार्क निर्माण, सहिद संग्रहालय शिलन्यास, सहिदको सम्मानमा वक्तृत्व कला, गीत कविता प्रतियोगिता लगायत विभिन्न सृजनात्मक कार्यक्रमहरुको आयोजना गर्ने बताइएकोछ । सहिद सप्ताह २०७७ को अवसरमा नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अभिनन्दन पत्र मार्फत सहिद परिवारप्रति सम्मान व्यक्त गरेका छन् । अभिनन्दन पत्रमा ‘जन—जनका प्रिय एवम् सम्मानित जनयुद्ध तथा एकीकृत जनक्रान्तिका महान् सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली साथै तपाई आदरणीय सहिद परिवारप्रति सहिद सप्ताह— २०७७ को अवसरमा असिम सम्मान एवम् हार्दिक शुभकामना ।’ उल्लेख गरिएकोछ । सहिद सप्ताहलाई नेपालको क्रान्तिकारी आन्दोलनमा भएका सहादतका विभिन्न कडीहरुलाई जोड्ने महत्वपूर्ण सन्दर्भको रुपमा पनि लिने गरिएकोछ ।
जनयुद्धका प्रथम सहिद दिल बहादुर रम्तेलले सहादत प्राप्त गरेको दिन फागुन १४ गते (२०५२) देखि तत्कालिन झापा विद्रोहका पाँच सहिदहरु कृष्ण कुइकेल, वीरेन राजवंशी, …. श्रेष्ठ, ….. ले सहादत प्राप्त गरेको दिन फागुन २१ गते, (२०२९साल) र सम्पूर्ण सहिदहरुको सम्मानमा हरेक वर्ष फागुन १४ देखि फागुन २१ गते सम्मको अवधिलाई सहिद सप्ताहको रुपमा मनाउने गरिन्छ ।