‘विदेशीले हमला गर्न खोज्यो, हेप्न खोज्यो भने हाम्रो जीवन यो धरतीमा गाडिन्छ, तर झुक्नेछैन ‘

२०७७ फाल्गुन २२ गते, शनिबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लबले बैदेशिक हस्त्क्षेत्प असैह्य हुने उद्घोष गरेका छन । शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमति हस्ताक्षर समारोह’ लाई सम्बोधन गर्दै विप्लवले भने – ‘ नेपाल कम्युनिष्ट पार्टी सहकार्य गर्न, हातेमालो गरेर अगाडि बढ्न तयार छ । तर, यो पनि भन्छौं– कसैले हामीलाई हस्तक्षेप गर्‍यो भने कुनै पनि विदेशीले हमला गर्न खोज्यो, हेप्न खोज्यो भने हाम्रो जीवन यो धरतीमा गाडिन्छ, तर झुक्नेछैन । ‘
महासचिव विप्लव’ले तिन बुंदे सहमतिले कम्युनिष्ट भनेका विद्रोही मात्र होइन शान्तिका दूत हुन भन्ने पुष्टि गरेको बताउदै शान्तिपूर्ण राजनीतिका माध्यमबाट विकास र समृद्धिको यात्रामा अघि बढ्ने सहमतिप्रति पूर्ण प्रतिबद्ध र सहमति पालना गर्ने समेत बताए ।
कसैलाई पनि पीडा दिएर होइन नेपाली श्रमको योगदानबाटै मुलुकलाई विकासको चरणमा रुपान्तरण गरौँ भन्दै महासचिव विप्लबले जनतालाई आफ्नो भविष्यबारे फैसला गर्न अधिकार दिनुपर्ने धारणा राख्दै जनता र राष्ट्रको हितका लागि जुटेको स्वर्णीम अवसरलाई सफल तुल्याउन सबैसँग आग्रह गरे ।
यसैगरी सोहि समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री के पी ओलीले देश शान्तिको दिशामा अघि बढेको र द्वन्द्व नरहेको बताए । उनले भने – ‘नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ । अब नेपाल द्धन्द्ध छैन । नेपाल नियमसंगत बाटो, आन्दोलनउन्मुख भएको छ । आजको कामको निष्कर्ष नेपालमा द्वन्द्व, हिंसा छैन शान्छि छ भन्ने हो ।’
प्रधानमन्त्री ओलीले नेपाली जनताले शान्ति चाहेको र महासचिव विप्लवको शान्तिपूर्ण वातावरणमा आउने साहसिक कदमलाई राज्य र पार्टीको तर्फबाट हार्दिक धन्यबाद दिए । प्रधानमन्त्री ओलीले भने – ‘नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवजी, म उहाँलाई बधाई भन्न चाहन्छु, स्वागत भन्न चाहन्छु र शुभकामना भन्न चाहन्छु । उहाँले जुन साहसिक कदम चाल्नु भएको छ, राज्यको तर्फबाट र पार्टीको तर्फबाट हार्दिक धन्यवाद भन्न चाहन्छु ।’
प्रधानमन्त्री ओलीले महासचिव विप्लवको आन्दोलन फोर्स ल्यान्डिङ नभएर सेफ ल्याण्डिङ भएको बताए । ‘नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ। अब नेपालमा हिंसात्मक द्वन्द्व छैन । हिंसात्मक आन्दोलनको कार्यदिशा कसैले पनि अबलम्बन गरेको छैन । नेपालमा शान्ति छ। हिंसात्मक आन्दोलनको कार्यदिशा कसैले पनि अबलम्बन गरेको छैन । नेपालमा शान्ति छ ।’ उनले भने ।
प्रधानमन्त्री ओली र महासचिव विप्लबको उपस्थितमा भएको सहमतिपत्र सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र नेकपाको तर्फबाट प्रकाण्डले आदानप्रदान गरेका थिए । उक्त तीनबुँदे सहमति पत्रममा सरकार र नेकपाबीच देशको राजनीतिक समस्या वार्ता तथा संवादबाट समाधान गर्ने, नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्णरुपमा सञ्चालन गर्ने र सरकारले नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउने, कारागारामा रहेका पार्टीका नेता तथा कार्यकर्तालाई रिहाइ र सम्पूर्ण मुद्दा खारेज गर्ने सहमति भएको छ ।


उक्त अबसरमा देश र जनताको हितलाई ध्यानमा राखेर नेकपासँग करिब एक वर्षदेखि औपचारिक र अनौपचारिक तथा विभिन्न माध्यामबाट वार्ता हुँदै आएकामा नेपाली कम्युनिष्ट आन्दोलनको महत्वपूर्ण घटना भएका दिनको अवसरमा सहमति जुटेको सरकारी वार्ता टोलीका सदस्य डा राजन भट्टराईले बताए भने नेकपाको वार्ता टोलीका सदस्य दीपक चलाउनेले अग्रगमन, शान्ति र स्थायित्वका लागि आज भएको सहमति ठूलो उपलब्धि र इतिहासको रचना गर्ने नियमित आकस्मिकता र संयोग निर्माणमा महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल र दुवै तर्फका वार्ता टोलीका सदस्यसहितको उपस्थिति थियो भने कार्यक्रमस्थल प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहको हल र परिसर खचाखच भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]