विप्लव र प्रकाण्डद्वारा नख्खु जेल पुगेर नेता सुदर्शनसंग भेटघाट

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लब र प्रवक्ता प्रकाण्डले आफ्नो सहयोद्धा नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई जेल पुगेर भेट गरेका छन् । नख्खु जेलमा रहेका नेता सुदर्शनलाई भेट्न महासचिव विप्लव र प्रकाण्डसहितको वार्ता टोली पुगेको थियो । प्रतिबन्ध फिर्तापछि हिजो मात्र सार्वजनिक भएका महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड आज आफ्नै सहकर्मी भेट्न नख्खु जेल पुगेका हुन् । नेता सुदर्शन भोलि रिहा हुने बुझिएको छ ।