क्रिकेट टोलीलाई शहर परिक्रमा गराइदै

२०७० मंसिर १९ गते, बुधबार


काठमाडौं, १९ मंसिर। आईसीसी ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगितामा छनौट हुन सफल नेपाली क्रिकेट टोलीलाई आज काठमाडौंमा नगर परिक्रमा गराईदैछ । ऐतीहासीक सफलता हात पार्न सफल नेपाली खेलाडीहरुको सम्मानमा नेपाल क्रिकेट संघ क्यानले नगर परीक्रमा गराउन लागेको हो । विहान साँढे ११ वजे नक्सालस्थित क्राउन प्लाजा होटेलबाट सुरु हुने नगर परीक्रमा दरवारमार्ग, बागबजार, पुतलीसडक, भृकुटीमण्डप, शहिदगेट हुँदै दशरथ रंगशाला पुगेर समापन हुनेछ ।यसैविच क्रिकेट संघले नेपाली क्रिकेट टोलीका प्रत्येक सदस्यलाई जनही एक लाख नगदसहित सम्मान गरेको छ । हिजो आयोजित एक कार्यक्रममा मन्त्रिपरीषदका अध्यक्ष खिलराज रेग्मीले क्रिकेटरहरुलाई सम्मान गर्नुभएको हो । नेपाल सरकारले पनि क्रिकेटरहरुलाई १० लाख नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरीसकेको छ ।

प्रतिक्रियाहरु

[anycomment]