माक्र्सबादी एकता अभियानद्वारा सरकार र नेकपाबीच सहमतिको स्वागत

काठमाडौँ । माक्र्सबादी एकता अभियान नेपालले केपी ओली नेतृत्वको सरकारबाट नेकपा बिरुद्द लगाएको प्रतिवन्ध फुकुवा गरेको र सो पार्टीका नेता र कार्यकर्ताहरुमाथि लगाईएका मुद्दाहरु फिर्ता लिने र बन्दिहरुलाई रिहाई गर्नेसम्मका निर्णयहरु गरेकोमा सरकारलाई धन्यवाद दिदै सरकारको निर्णयको स्वागत गरेको छ । यो सहमतिले देशमा बिद्यमान संकट समाधानका लागि देशभक्त र प्रगतिशील शक्तिहरुबीच ध्रुबीकरणको सम्भावनालाई पनि निकट बनाएको निष्कर्ष बैठकले निकालेको छ ।
अभियानका संयोजक प्राद्यापक रमेश शर्माको अध्यक्षतामा बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले वर्तमान संसदीय पद्दतिमै बिश्वब्यापी रुपमा संकट पैदा भैरहेको वर्तमान अवस्थामा नेपालमा बिकसित घटनाक्रमले संसदबादको पतनलाई नै स्पष्ट गरेको निष्कर्ष पनि निकालेको जनाईएको छ ।
बैठकले दुई तिहाई बहुमतको डबल नेकपाको सरकारले गरेको प्रतिनिधिसभा बिघटन र अदालतबाट भएको पुनस्र्थापनासम्मका घटनाहरु पश्चात बैकल्पिक प्रधानमंत्रीका रुपमा आफूलाई प्रस्तुत गर्दै आएका पुष्पकमल दाहाल प्रचण्डले भारतलाई अनुकूल हुने सरकार आफ्नो नेतृत्वमा बनाउने सम्मका राष्ट्रघाती अभिब्यक्ति दिएबाट संसदबादी राजनीतिको थप पर्दाफास भएको ष्किर्ष पनि निकालेको छ ।
बैठकले अब देशमा बिद्यमान संकटबाट निकास पाउन असफल सिद्द भैसकेको र पतन समेत संसदीय ब्यवस्थाको बिकल्पमा सोच्न जरुरी भैसकेको निष्कर्ष पनि निकालेको छ । संसदबादको बिकल्प के हुन सक्दछ भन्नेबारे नेपालका सबै देशभक्त, प्रगतिशील र सच्चा लोकतंत्रबादी राजनीतिक दलहरुका साथै सबै बौद्दिक ब्यक्तित्वहरु समेत बसेर सामुहिक निर्णयमा पुग्न सुझावसमेत गरेको छ ।