मुग्लिन-नारायणगढ सडकमा सवारी आवागमन बन्द

२०७७ फाल्गुन २८ गते, शुक्रबार

काठमाडौं । ट्राफिक प्रहरी महाशाखाले मुग्लिन-नारायणगढ सडक शुक्रबार बिहान साढे १० बजेदेखी दिउँसो ३ बजेसम्मका लागि सवारी आवागमन बन्द गरिएको जनाएको छ । मुग्लिङ–नारायणगढ सडकखण्डमा पहिरो रोकथामको काम भएरहेको छ । पहिरो राकथामको काम गत २३ गते आइतबारदेखि सुरु भएको हो ।

यसैगरी , देशभर सवारी दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन् । गएराति भएको दुर्घटनामा झापा, नुवाकोट र रौतहटमा एक एक् जनाले ज्यान गुमाएका हुन् । झापाको दमक नगरपालिका-५ मा गएराती मोटरसाइकल र स्कुटर आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ, भने एक जना गम्भीर घाइते भएका छन् । पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १ ०१ १३ प ८७६६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको मे ९ प ६२१९ नम्बरको स्कुटर दमकको गोर्खा डिपार्टमेन्टल स्टोर अगाडी गएराति सवा ९ बजे आपसमा ठोक्किएका थिए । दुर्घटनामा मोटरसाइकल चालक दमक ४ का २६ वर्षीय संजोक सुन्दास र स्कुटर चालक दमक ७ का ५० वर्षीय ईन्द्र भुजेल गम्भीर घाइते भएका थिए । घाइते मध्ये भुजेलको लाईफ लाईन अस्पताल दमकमा उपचारको क्रममा राती नै मृत्यु भएको हो ।
अर्का घाइतेलाई थप उपचारको लागि बिएण्डसी अस्पताल विर्तामोड पठाइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
यता रौतहटको माधव नारायण नगरपालिका-६ माधोपुरमा पनि गएराती पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल पल्टिदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा पैदलयात्री स्थानीय ४५ वर्षीय छोटेलाल पण्डित रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारको क्रममा हेल्थ ल्याण्ड अस्पतालमा गरुडामा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालकको माधव नारायण नगरपालिका ९ का २६ वर्षीय विसाल सहनीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यता नुवाकोटको बेलकोटगढी नगरपालिका-७ रातमाटेमा हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय बिरमान श्रेष्ठ रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो । गल्छीबाट बट्टारतर्फ जादै गरेको प्रदेश २ ०१ ०१९ प ६०७९ नम्बरको मोटरसाइकलले पैदल हिडीरहेका बिरमानलाई हिजो बेलुकी ८ बजे ठक्कर दिएको थियो । मोटरसाइकल सहित चालकलाई प्रहरी चौकी तारुकाले नियन्त्रणमा लिइसकेको छ ।

प्रतिक्रियाहरु

[anycomment]