अलिबाबालाई १ अर्ब जरिवाना !

२०७७ फाल्गुन २८ गते, शुक्रबार


काठमाडौं । चीनकै प्रथम अर्बपतीका रुपमा चिनिने अलिबाबाका संस्थापक ज्याक माको कम्पनीलाई एक अर्ब बराबरको जरिवाना तिर्न लगाउने जनाइएको छ । अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले बिहीबार अलिबाबामाथिको रिवानासम्बन्धी समाचारमा ई–कमर्स क्षेत्रको शक्तिशाली कम्पनी अलिबाबामाथि एकाधिकार नियमहरु उल्लंघन गरेको आरोपमा झण्डै एक अर्ब डलर जरिवाना गर्न लगाइएको उल्लेख छ । चीनमा हालसम्म कम्पनीमाथि भएको आजसम्मकै सबैभन्दा ठूलो जरिवाना रहेको पनि जनाइएको छ । समाचारमा उल्लेख भएअनुसार यसअघि सन् २०१५ मा अमेरिकी चिप निर्माता कम्पनी क्वालकमले ९७ करोड ५० लाख डलर जरिवाना तिरेको छ ।
क्वालकममाथि चीनमा प्रतिस्पर्धा रोक्ने कार्यमा अवरोध पुर्‍याएको आरोप लगाइएको थियो । समाचारमा उल्लेखभएअनुसार जरिवानासम्बन्धी समाचार छापिएलगत्तै एएफपीले अलिबाबाका विषयमा चिनियाँ अधिकारीहरुसँग सम्पर्क गर्दा उनीहरुले यसबारेमा केही बताउन चाहेनन् । अलिबाबाका संस्थापक ज्याक माले गत वर्ष अक्टोबरमा चिनियाँ नियामक निकायका गतिविधिमाथि आलोचना गरेपछि सरकारले उनीमाथि कडा निगरानी राख्दै आएको थियो । समाचारमा उल्लेख भएअनुसार अनुसन्धान अधिकारीहरुले अलिबाबाले आर्जन गरेको सम्पत्ति कहाँ कहाँ प्रवाह भइरहेको छ भन्ने खोजी पनि भइरहेको छ । साथै, अलिबाबामाथि आफूसँग आबद्ध व्यापारीहरुलाई अन्य प्रतिस्पर्धी ई–कमर्श कम्पनीमा सूचीकृत हुनबाट रोक्न खोजेको आरोप लगाइएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]