वुद्धिजीवी संगठनको सातौँ राष्ट्रिय सम्मेलन सम्पन्न

२०७७ चैत्र १ गते, आईतवार


काठमाडौँ । नेपाल राष्ट्रिय वुद्धिजीवी संगठनको सातौँ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। सो संगठनका केन्द्रीय समितिको बैठक फ्याक्सन इन्चार्ज तथा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य अनिल शर्माको उपस्थितिमा शनिबार काठमाडौँमा सम्पन्न भएको हो । शर्माले समसामयिक विषयमा मन्तव्य राख्दै सदस्यहरुका जिज्ञासाको अन्तरक्रियात्मक सम्वोधन गरेका थिए ।
बैठकले महासचिव व्यापक नेपालीले प्रस्तुत गरेको प्रतिवेदन पारित गर्दै बिराटनगर, जनकपुर, विरगञ्ज, हेटौडा, काठमाडौँ, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढीलगायतका स्थानमा “राजनीतिक समस्याको समाधान : संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था ?” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्ने निर्णय गरी संयोजन कर्तासमेत तोकेको छ । सो बैठकले व्यापक नेपालीको संयोजकत्वमा १०१ सदस्यीय सातौँ राष्ट्रिय सम्मेलन आयोजक समितिको चयन गरेको छ । संगठनले देशभरका वुद्धिजीवी, शुभचिन्तक तथा सम्पूर्ण जनसमुदायलाई सातौँ राष्ट्रिय सम्मेलन सफल बनाउन आह्वान गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु