अखिल (क्रान्तिकारी) को २२ औँ राष्ट्रिय सम्मेलन जेठ १ देखि

काठमाडौँ । अखिल (क्रान्तिकारी) को २२ औँ राष्ट्रिय सम्मेलन जेठ १ देखि ४ गते सम्म काठमाडौँमा हुने भएको छ । पार्टीका महासचिव विप्लवको बिशेष उपस्थितिमा कपिलवस्तुमा भएको केन्द्रीय समितिको पाचौँ बैठकले चिरञ्जीवी ढकालको संयोजकत्वमा ३८ सदस्यीय आयोजक समिति गठन गरि २२ औँ राष्ट्रिय सम्मेलन काठमाडौँमा गर्ने निर्णय गरेको हो।