आज विवाह पञ्चमी
काठमाडौं, २२ मंसिर । आज मंसिर शुक्लपक्षको विवाह पञ्चमी तिथि अर्थात राम र जानकीको स्वयंवर भएको दिनको सम्झना स्वरुप विवाह पञ्चमी मनाइँदैछ ।जनकपुरको रामजानकी लगायत अरु राम मन्दिरहरुमा बिहानैदेखि मेला लागेको छ । जनकपुरको रामजानकी मन्दिरमा लाग्ने विशेष मेलामा सहभागी हुन देशका विभिन्न ठाउँ र भारतबाट समेत भक्तजन पुगेका छन् ।विवाह पञ्चमीको अवसर पारेर मध्यरातमा राम र सीताको विवाह गरिदिने चलन छ । त्रेतायुगमा रामले धनुष तोडेर जनकपुरका राजा जनककी छोरी जानकीलाई विवाह गरेको दिनको सम्झनामा हरेक वर्ष मंसिर शुक्ल पञ्चमीमा विवाह महोत्सव हुने गरेको हो ।