नेतृ भुजेलको घरमा पक्राउ पुर्जी टाँस

काठमाडौँ । सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच ३ बुँदे सहमति भएपनि प्रहरीले भने नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताहरुका घरहरुमा पक्राउ पुर्जी पठाउने काम रोकेको छैन । यसैक्रममा सोमबार बिहान ८ बजे मात्र नेपाल कम्युनिस्ट पार्टीकी नेतृ उमा भुजेल ‘शिलु’को गोर्खा भच्चेक काफलडाँडामा रहेको घरमा प्रहरीले पक्राउ पुर्जी टाँसेको छ । जिल्ला अदालत मोरङबाट जारी कर्तब्य ज्यान मुद्दाको उक्त पुर्जी गोर्खाको भच्चेक प्रहरी चौकीका इन्चार्ज सईको नेतृत्वमा गएको प्रहरी टोलीले विहान ८ बजे पुर्जी टाँसेको जनाइएको छ ।
