प्याराग्लाइडिङ दुर्घटना : एक सैनिकको मृत्यु

२०७७ चैत्र ३ गते, मंगलवार

काठमाडौं । प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटनामा परी नेपाली सेनाका जवान राजाराम मगरको मृत्यु मृत्यु भएको छ। प्याराग्लाइडिङ दुर्घटनामा परी धादिङ नीलकण्ठ नगरपालिका घर भएका २३ वर्षीय सैनिक जवान राजाराम मगरको मृत्यु भएको हो । सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो २ः१५ बजे फेवातालमा खसेका मगरको उपचारका क्रममा साँझ मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए ।
दुर्घटनालगत्तै सेना र सशस्त्र प्रहरीले मगरलाई उद्धार गरी पोखरा–११ रानीपौवास्थित सैनिक अस्पताल पु-याएको थियो। मगर सेनाको कालीजङ्ग गणमा कार्यरत थिए । सैनिक अस्पतालमा रहेको मृतकको शव परिवारका सदस्य आएपछि बुझाइने प्रहरीले जनाएको छ।

प्रतिक्रियाहरु

[anycomment]