युवा संगठन नेपाल, काठमाडौँकाे बैठक सम्पन्न

काठमाडौँ । युवा संगठन नेपाल, काठमाडौँकाे बैठक सम्पन्न भएको बताइएको छ। सो बैठकले अहिले समाजमा भइरहेको युवासम्बन्धि विभिन्न विकृति तथा विसंगति विरुद्ध संघर्ष गर्ने निर्णय गरेको बताइएको छ । बैठक प्रमुख अतिथि युवा संगठन नेपाल, काठमाडौँ ब्युरो इन्चार्ज प्रविन धामी ‘प्रविन’ र विशिष्ट अतिथि नेपाल कम्युनिस्ट पार्टी काठमाडौँका सचिव तुलसीकाे उपस्थितिमा बैठक संचालन गरिएको थियो ।
उक्त बैठकले आगामी जिल्ला सम्मेलन गर्ने, अहिले समाजमा भइरहेका विकृति, विसंगति विरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ । साथै युवाहरु अहिले विदेशी संस्कृतिप्रति आकर्षित भइरहेको र समय खेर फालिरहेको ठहर गर्दै सबै संसदीय व्यवस्थाको असफलताकाे कारणले भएकोले यो व्यवस्था हटाएर वैज्ञानिक समाजवाद स्थापनाका लागि जनमत सङ्ग्रह माग गर्नु पर्ने बैठकको निस्कर्ष रहेको छ ।