साउदी अरब जान सीप परिक्षण अनिवार्य

काठमाडौं । साउदी अरबको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले प्रवासी श्रमिकलाई सीपयुक्त काममा प्रवेशअगावै अनिवार्य रुपमा सीप परिक्षण गरिने जनाएको छ । मन्त्रालयका अनुसार उक्त नियम आगामी जुलाई देखि उक्त नीति लागू गरिनेछ । प्रतिस्पर्धी जनशक्तिलाई भित्रियाउन यस्तो व्यवस्था गर्न लागिएको मन्त्रालयले जनाएको छ । यस कार्यक्रमबाट साउदीले कुनै पनि श्रमिकलाई भिसा उपलब्ध गराउनु अघि प्रवासी श्रमिकको सीप परिक्षणसम्बन्धित मुलुकमा नै गर्ने व्यवस्था गरिने जनाइएको छ । साउदी अरब आउनुअगावै सीपयुक्त कामका लागि सीप परिक्षणसम्बन्धित मुलुकमा गरिने जनाइएको छ ।
साउदी अरबको यस निर्णयलाई विभिन्न देशका दूतावासहरुले पनि स्वागत गरेका छन् । यसका लागि अन्तराष्ट्रिय सीप परिक्षण केन्द्रहरुसँग समन्वय हुने जनाइएको छ । यसैगरी साउदी अरबमा नै कार्यरत प्रवासी श्रमिकहरुको पनि सीप परिक्षण गरिने मन्त्रालयले जनाएको छ । साउदी अरबको यस कार्यक्रमलाई श्रीलंका, पाकिस्तान, ईण्डोनेसियालगायतका मुलुकका राजदूतहरुले स्वागत गरेका छन् ।