काँग्रेस पदाधिकारी तथा पूर्व पधाधिकारीको बैठक बस्दै

२०७७ चैत्र ९ गते, सोमबार


काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाएका छन। पार्टी केन्द्रीय कार्यँलय सानेपामा सोमबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको बताइएको छ । बैठकमा पार्टीको १४ औं महाधिवेशन र नयाँ सरकार गठनसहित पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा ओलीको विकल्पमा कांग्रेस नेतृत्व सरकार गठनका विषयमा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग भइरहेको छलफल र आगामी दिनमा अपनाउने रणनीतिका विषयमा छलफल हुनेछ ।
लोकसेवा आयोगको रिक्त पदाधिकारी नियुक्ति, सदस्यता नविकरण र नयाँ वितरणको अहिलेसम्मको अवस्था, विवादित जिल्लाका विषयमा पनि बैठकले सैद्धान्तिक निर्णय लिनेछ । साथै, बुथ समितिको निर्वाचनका विषयमा विधानमा रहेको विद्यामान व्यवस्थालाई निलम्बन गर्ने विषयमा पनि बैठकमा कुरा हुने बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]