गैँडा गणना सुरु

२०७७ चैत्र ९ गते, सोमबार

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जले विश्वकै दुर्लभ मानिने एक सिङे गैँडाको गणना सुरु भएको जनाएको छ । गणना चितवन र पर्सा राष्ट्रिय निकुञ्जको गणना एकैसाथ सुुरु भएको हो । गैँडा गणना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा हुन लागेको हो । चितवन र पर्सालाई एउटा ब्लक बनाइएको छ । यी दुई निकुञ्जमा आजदेखि तथा बर्दिया राष्ट्रिय निकुञ्जमा चैत १७ गतेदेखि र शुक्लाफाँटामा चैत्र १९ गतेदेखि गणना सुरु हुँदैछ । दुई निकुञ्जमा गैँडा गणना गर्न कम्तीमा २० दिन लाग्ने अनुमान छ । चैत २९ गतेसम्ममा चारवटै निकुञ्जमा गैँडा गणना सकेर वैशाख पहिलो साता नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको छ । पाँच’पाँच वर्षमा गैँडा गणना गर्ने भनिए पनि अघिल्लो वर्ष कोरोना भाइरस -कोभिड-१९) र त्यसअघि बजेट अभावका कारण गैँडा गणनाको काम रोकिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु