चम्पादेवीबाटै हेन सकिन्छ ‘सगरमाथा’
काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिम शृंखलाहरु हेने उपयुक्त गन्तव्य बनेको काठमाडौं दक्षिण भेगस्थित चम्पादेवीमा पर्यटकको घुँइचो बढ्दै गएको छ । विगतमा ओझेलमा परे पनि विस्तारै प्रचार हुन थालेपछि विदेशी पर्यटकहरु हिमशृंखलाको अवलोकनका लागि यस क्षेत्रमा दिनप्रतिदिन बढिरहेका छन् । आठ हजार ८४८ मिटर अग्लो सगरमाथा अहिलेको सफा मौसममा दुइ हजार २५० मिटर उचाइमा रहेको चम्पादेवीबाटै नाङ्गा आँखाले स्पष्ट देख्न सकिन्छ भने मकालु, लाक्पादोर्जे, गौरीशङ्करलगायतका हिम शृंखलाहरुसमेत एकसाथ अवलोकन गर्न सकिन्छ । अत्यन्त सफा मौसम भएका अवस्थामा पोखराको सुन्दर हिमाल माछापुच्छ्रे समेतको हिमशृंखला पनि यहीँबाट देख्न सकिने हुँदा पनि चम्पादेवी क्षेत्र काठमाडौँ उपत्यकाभित्रको नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकसित भइरहेको छ । चम्पादेवीको डाँडाबाट केवल सुन्दर प्राकृतिक दृश्य र हिमशृंखला मात्र होइन सूर्योदय र सर्ूयास्तको पनि अवलोकन गर्न सकिन्छ । ‘काठमाडौँ उपत्यका, हिमशृंखला, सूर्योदय र सूयास्त मात्र होइन प्राकृतिक दृश्यको साङ्गोपाङ्गो अवलोकन गर्नको लागि काठमाडौँबाट नजिकको उचाइको स्थल चम्पादेवी हो, त्यसैले पर्यटक यहाँ बढ्दै गएका छन्,’ चम्पादेवी क्षेत्र सुधार तथा व्यवस्थापन संस्थाका अध्यक्ष जनक तामाङले बताए । उनले काठमाडाँै, भक्तपुर र ललितपुरमा आउने पर्यटकले उपत्यका नजिकको पदयात्राको खोजी गर्दा अचेल चम्पादेवीलाई पनि रोज्ने गरेकाले यहाँ पर्यटनकको संख्या पनि बर्स बढ्दै गएको बताए । काठमाडौँ, चक्रपथस्थित बल्खुबाट लगभग १५ मिनेटको बस यात्राबाट पुग्न सकिने चाल्नाखेलस्थित खहरेबाट लगभग डेढ घण्टाको पैदल यात्राबाट चम्पादेवी पुग्न सकिन्छ । यहाँ पदयात्रा गर्न राम्रो घाम लाग्ने मौसम कात्तिक, मंसिर उपयुक्त हुने यस क्षेत्रका बासिन्दाको भनाइ छ । कात्तिक, मंसिरको समयमा बिहानको सूर्योदय समेत सगरमाथाको टुप्पोबाट उदाएको देखिने भएकाले पनि यसको आकर्षा विशेष रुपमा बढेको तामाङको भनाइ छ । दैनिक न्यूनतम ४०-५० देखि सय डेढ सयसम्म पनि स्वेदशी विदेशीको यहाँ भीड लाग्ने गरेको छ । बल्खु दक्षिणकाली मार्गमा पर्ने खहरेबाट जान सकिने चम्पादेवीमा पछिल्लो समयमा मकवानपुरको हेटौँडा, कुलेखानी, दक्षिणकाली हुँदै बल्खुमा यातायात सुलभ भएकाले यहाँ पर्यटनकको आवागमनको क्रम समेत बढ्दै गएको छ । काठमाडौँ उपत्यकासहित ललितपुर, भक्तपुर, मकवानपुरलगायत एक साथ विभिन्न जिल्लाको अवलोकन गर्न सकिने चम्पादेवीलाई धार्मिक दृष्टिबाट पनि उत्तिकै महत्वको स्थलका रुपमा लिइन्छ । चम्पादेवीको फेदीमा पर्ने उपत्यकाको मनोरम प्राकृतिक दह टौदह चम्पादेवीबाट अत्यन्त सुन्दर देखिन्छ भने चम्पादेवीकै स्पष्ट छाया टौदहमा देख्न सकिनु पर्यटकीय आकर्षाको अकर्मे महत्वपूण्ापक्ष हो । प्रत्येक वर्षो वैशाख संक्रान्तिका दिन विशेष मेला लाग्ने चम्पादेवीको दर्शन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वासले यहाँको धार्मिक महत्वलाई थप उजागर गरेको चम्पादेवी माध्यमिक विद्यालय वोसन काठमाडौँकी शिक्षिका शारदा भट्टर्राईले बताए । चम्पादेवीमा हाल सामान्य पर्खालको बीचमा खुला मन्दिर भए पनि यहाँ एउटा भव्य मन्दिर निर्माण गर्न के यहाँको आकर्षा अझै बढ्न सक्ने यस क्षेत्रका स्थानीयवासी बताउँछन् । चम्पादेवीकै आधार क्षेत्रका रुपमा रहेको चम्पादेवी पाउ मन्दिरमा प्रत्येक वर्षो मार्गशुक्ल चतर्ुदशीमा विशेष मेला लाग्ने गरेकोमा यस वर्षो मेला आगामी पुस १ गते लाग्ने भएको छ । बाघ, भालु, चितुवासहित विभिन्न किसिमका वन्यजन्तु पाइने चम्पादेवीमा दुलभ मेची बिरालो, वन बिरालोसहित मलसाप्रो, लोखर्के, दुम्सी, बाँसोजस्ता वन्य जन्तुहरु समेत पाइने कारण वन्य जन्तुहरुको अध्ययनका लागि पनि यो एउटा खुला चिडियाखानाको रुपमा रहेको छ । चम्पादेवी क्षेत्रमा कालिज, तित्रालगायतका विभिन्न जातका पंक्षीहरुको चिरविराहट समेतले यहाँ प्रकृतिसँगको निकटतम् सामिप्यता अनुभव गर्न सकिन्छ । दुलभ चिराइतो, पाखनवेद, वन लसुन जस्ता जडीबुटी तथा लप्सी, ओखर, काफलजस्ता फलहरु पनि चम्पादेवीमा पाइन्छन् । कीर्तिपुर क्षेत्र पर्यटक विकास समाजका अध्यक्ष विजय महर्जन पर्याप्त पर्यटकीय पूवाधारहरु रहे पनि विगतमा प्रचार-प्रसारको अभावमा चम्पादेवी ओझेलमा परिरहेको भए पनि पछिल्लो समयमा बढेको प्रचार-प्रसारले यहाँ पर्यटकहरु आउने क्रम विस्तारै बढ्दै गएको बताउँछन् । पर्यटकीय सम्भाव्यतालाई उजागर गराउने उद्देश्यले यस क्षेत्रमा पर्यटक लक्षित पदयात्रा तथा हाइकिङजस्ता कार्यक्रम सञ्चालनको तयारी गरिएको उनको भनाइ छ । पछिल्लो समयमा पर्यटन पूवाधार विकास आयोजनाको पहलमा पदमार्गहरु निर्माण गर्ने काम सुरु गरिएको छ । चम्पादेवी डाँडामा चाल्नाखेलस्थित चम्पादेवी पाउ, कीर्तिपुरस्थित पुष्पलाल पार्क तथा फर्पिङलगायतका स्थानबाट पदमार्ग निर्माण गर्ने क्रम चलिरहेको र आगामी वर्षा लागि पनि यस क्षेत्रको विकासका लागि रु. एक करोड ७० लाख रकम विनियोजन भइसकेको चम्पादेवी क्षेत्र सुधार तथा व्यवस्थापन संस्थाका अध्यक्ष जनक तामाङले बताए ।