बर्दिवासमा बृहत जनसभा हुदै

२०७७ चैत्र १० गते, मंगलवार


काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी जनकपुर ब्युरोले आयोजना गरेको बृहत जनसभा आज बर्दिवासमा हुदैछ । एकीकृत जनक्रान्ति जिन्दावाद, दलाल पुँजीवादी व्यवस्थाको विकल्प–वैज्ञानिक समाजवाद ! भन्ने मूलनारा सहित उक्त कार्यक्रम गरिने र कार्यक्रममा हजारौँ जनसमुदायको उपस्थिति रहने आयोजकले बताएको छ । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी जनकपुर ब्युरोका शीर्ष नेताहरूले सम्बोधन गर्ने जनाइएको छ । प्रतिबन्ध फुकुवापछि नेकपाले देशव्यापी रुपमा विभिन्न कार्यक्रम, संगठन विस्तार, विशााल जनसभाहरू गरिरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]