गृह मन्त्रालयद्वारा क्वारेन्टिन र आइसोलेसनको विवरण अपडेट गर्न परिपत्र

काठमाडौ । सरकारले भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेका बेला फेरि क्वारेन्टिन र आइसोलेसन आवश्यक पर्न सक्ने भन्दै विवरण संकलन थालेको छ । गृह मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयलाई क्वारेन्टिन र आइसोलेसन सेन्टरबारे विवरण अपडेट गराउन परिपत्र गरेको छ ।
स्वास्थ्य मन्त्रालयले कोरोनाको जोखिम बढ्न सक्ने सम्भावना बढेको भन्ने सूचना जारी गरेसँगै गृहले गत सोमबार परिपत्र गरेको हो।परिपत्रमा सीमा नाकामा आउजाउ गर्नेको अभिलेख राख्न र स्वास्थ्य जाँच गर्न पनि भनिएको छ ।