दलित मुक्ति मोर्चाको रास्ट्रिय सम्मेलन बैशाख १५ देखि

२०७७ चैत्र १४ गते, शनिबार


काठमाडौं । दलित मुक्ति मोर्चा नेपालले आफ्नो पाँचौ रास्ट्रिय सम्मेलन आगामी २०७८ बैशाख १५, १६ र १७ गते मकवानपुर जिल्लाको हेटौंडामा गर्ने निर्णय गरेको छ । “सामाजिक दलाल पुजीवादको आधुनिक विभेदका विरुद्ध सशक्त दलित आन्दोलन, वैज्ञानिक समाजवादका पक्षमा दलित मुक्तिको पाचौं रास्ट्रिय सम्मेलन” भन्ने मूल नाराका साथ गर्न लागिएको उक्त सम्मेलनको उद्घाटन व्यापक जनताको उपस्थितिमा एक वृहत सभा मार्फत सम्पन्न गरिने छ । देशका ७७ वटै जिल्ला र प्रवास बाट समेत प्रतिनिधि/ पर्यवेक्षक सहभागी हुने सो सम्मेलनको उद्घाटन नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय नेतृत्व बाट हुनेछ । वर्गीय मुक्ति बिना उत्पीडित जाति र समुदायको मुक्ति असम्भव रहेको मान्यता राख्दै एकीकृत जनक्रान्तिलाइ आफ्नो साथ र सहयोग गर्दै आएको यस मोर्चाले दलाल पुजीवादी संसदीय व्यवस्थाको विकल्पमा वै ज्ञानिक समाजवाद बाट मात्र दलित समुदाय लगायत सम्पूर्ण उत्पीडित वर्ग, जाति र समुदायको पूर्ण मुक्ति हुने धारणा राख्दै आएको छ । रास्ट्रिय सम्मेलनको तयारीका लागि अहिले मोर्चाको देशव्यापी सदस्यता वितरण, जिल्ला भेला र सम्मेलनहरु लगायत अन्य वयवस्थापन र प्रचार-प्रसारका कामहरु भैरहेका छन । यस ऐतिहासिक सम्मेलनको तयारीमा सक्रिय सहभागी हुन तथा आ-आफ्नो ठाउँबाट साथ र सहयोग गर्न मोर्चाले सम्पूर्ण देशभक्त, प्रगतिशील प्रजातन्त्रवादी, वामपन्थी, कम्युनिस्ट क्रान्तिकारी, सचेत र जागरुक नागरिक समाज, संचारकर्मी र न्याय र समताका पक्षधर आदरणीय जनसमुदायमा हार्दिक अपिल गरेको छ । मोर्चाको हालै केन्द्रीय पदाधिकारी र देशका सबै क्षेत्रीय समन्वय समितिका संयोजकहरुको उपस्थितिमा अध्यक्ष डम्बर बहादुर बिश्वकर्माको अध्यक्षता र नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं मोर्चा केन्द्रीय फ्र्याक्शन इन्चार्ज शीतलको प्रमुख आतिथ्यमा बसेको बैठकले उपरोक्त सबै निर्णय गरेको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

२ लाख ५७ हजार ५०५ नयाँ मतदाता

२०८२ कार्तिक ३० गते, शनिबार

२५ अत्यावश्यक सेवामा हडताल गर्न निषेध !

२०८२ कार्तिक २९ गते, शुक्रबार