मेलम्चीको पानी आज दिउँसो दुईबजेपछि वितरण गरिने

२०७७ चैत्र १५ गते, आईतवार

काठमाडौं । आज दिउँसो दुई बजेपछि मेलम्चीको पानी काठमाडौंबासीको धारामा आउने भएको छ। आइतबार दिउँसो दुई बजे पत्रकार सम्मेलन गरी पानी वितरण गरिने बताइएको छ ।महाँकालचौर, मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा आजबाट मेलम्चीको पानी आउने केयुकेयलका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए भने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेयल)का प्रवक्ता प्रकाशकुमार राईले अहिले कतिपय सञ्चारमाध्यमले एकैपटक सबैतिर र ठूलो परिमाणमा पानी आउने भने पनि त्यो सत्य नभएको उनले जानकारी दिए । उनले भने,‘आज दिउँसो दुई बजे चुच्चेपाटीको महाँकालमा पत्रकार सम्मेलन गर्दै छौँ। तपाईंहरूपनि आउनुस्। त्यसपछि पानी छोडिन्छ।’ उनले अहिले ट्यांकीमा पानी भर्ने काम भइरहेको जानकारी दिए।
उनका अनुसार आज दिउँसो मेलम्ची खानेपानी उपआयोजना–२, आयोजना निर्देशनालय र केयुकेयलले औपचारिक रूपमा सम्मेलन गरेर पानी वितरण गर्ने कार्यक्रम छ। मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउनेछ। आजबाट पाँच दिनसम्म दैनिक चार करोड लिटर पानी वितरण गरिनेछ।

प्रतिक्रियाहरु

[anycomment]